उपप्राध्यापक चलाउनेलाई आक्रमण गर्नेविरुद्धको मुद्दा फिर्ता नगर्न अन्तरिम आदेश

काठमाडाैं | असार ७, २०८०

उपप्राध्यापक चलाउनेलाई आक्रमण गर्नेविरुद्धको मुद्दा फिर्ता नगर्न अन्तरिम आदेश

काठमाडौं:    सर्वोच्च अदालतले त्रिभुवन विश्वविद्यालय समाजशास्त्र विभागका उपप्राध्यापक प्रेमबहादुर चलाउनेलाई आक्रमण गर्नेहरुमाथि चलाइएको मुद्दा फिर्ता नलिन अन्तरिम आदेश जारी गरेको छ ।


बिहीबार सर्वोच्चका न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले मुद्दा फिर्ता लिने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो । साथै न्यायाधीश शर्माले मुद्दा फिर्ताको कारण पेश गर्न विपक्षीको नाममा आदेश जारी गरेको छ ।


उपप्राध्यापक चलाउनेलाई कुटपिट गर्ने नेकपाल विद्यार्थी संघ (नेविसंघ)का कार्यकर्ताहरुको मुद्दा फिर्ता लिने सरकारले निर्णय गरेपछि चलाउनेले सर्वोच्चमा रिट दर्ता गर्नुभएको थियो ।


उपप्राध्यापक चलाउनेमाथि विसं. २०७७ असोज २० गते नेविसंघका कार्यकर्ताले साङ्घातिक आक्रमण गरेका थियो । त्रिवि नेविसंघ अध्यक्ष हरि आचार्यको समूहले उपप्राध्याक चलाउनेमाथि आक्रमण गरेको अभियोग लागेको थियो ।

काठमाडौं:  आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति नलिइकन कुनै पनि उम्मेदवारले सवारीसाधनको प्रयोग गर्न नपाउने व्यव...

थप पढ्नुहोस्

गोरखा:   गोरखा र लमजुङ जोड्ने बुद्ध हिमाल–हिमालचुली ग्रेट लेक सर्किट ट्रेलको विकासका लागि दुई जिल्लाका पाँच पालिका जुटेका छन् । सो ट्रेलअन्तर्गत पर्ने गोरखाको बारपाक सुलिकोट र अजिरकोट गाउँपालि...

थप पढ्नुहोस्

ताप्लेजुङ: बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालयका प्रमुख वेदप्रसाद गौतमका अनुसार मैवाखोला गाउँपालिका–३, लेकुवाका  २६ वर्षका फुर्वा...

थप पढ्नुहोस्